भारतविरुद्ध नेपालले हार्‍यो टस-Sutra News

भारतविरुद्ध नेपालले हार्‍यो टस

मंगलबार, ८ साउन २०८१

मंगलबार, ८ साउन २०८१

काठमाडौं । जारी महिला एसिया कप २०२४ को समूह ‘ए’को अन्तिम खेलमा नेपालले भारतसँग टस हारेको छ । योसँगै नेपालले पहिला बलिङ गर्ने भएको छ ।



आज नेपालको टोलीमा दुई जना परिवर्तन भएको छ । डली भट्टले आफ्नो पहिलो खेल खेल्दै छिन् । टोलीमा सवनम राई फर्किएकी छिन् ।

आजको टिममा कृतिका मरासिनी र रोमा थापालाई बेन्चमा राखिएको छ । यता, आज भारतको कप्तानी स्मृति मन्दनाले गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट