यी हुन् मदन पुरस्कार-२०८० का लागि छानिएका उत्कृष्ट पाँच पुस्तक-Sutra News

यी हुन् मदन पुरस्कार-२०८० का लागि छानिएका उत्कृष्ट पाँच पुस्तक

मंगलबार, ८ साउन २०८१

मंगलबार, ८ साउन २०८१

काठमाडौं । ‘मदन पुरस्कार २०८०’ का लागि पाँच पुस्तक छनोट गरेको छ ।



मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार-२०८०’ का लागि पाँच कृति छनोट गरेको हो ।

मदन पुरस्कारका लागि गुठीलाई प्राप्त ३ सय ४ पुस्तकमध्ये ५ पुस्तक छानिएको गुठीले मंगलबार विज्ञप्तिमार्फत जनाएको छ । छानिएका ५ पुस्तकमध्ये एउटाले वर्ष-२०८० को मदन पुरस्कार जित्नेछ ।

भक्त स्याङ्तानको ‘डम्फुको आत्मालाप’, जीवन क्षेत्रीको ‘नुन–तेल’, भावेश भुमरी र प्रणिता चामलिङको ‘भावलिपि’, मोहन मैनालीको ‘रणमैदान’ र रोशन थापा ‘नीरव’को ‘सन्त्रासका साठी दिन’ २०८० सालको मदन पुरस्कारका लागि छनोट भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट