महिला एशिया कप- नेपाल भारतसँग पराजित हुँदै बाहिरियो-Sutra News

महिला एशिया कप- नेपाल भारतसँग पराजित हुँदै बाहिरियो

बुधबार, ९ साउन २०८१

बुधबार, ९ साउन २०८१

काठमाडौं । नेपाल जारी महिला एशिया कपबाट बाहिरिएको छ । समुह चरणको अन्तिम खेलमा नेपाल भारतसँग ८२ रनले पराजित भएसँगै बाहिरिएको हो ।



भारतले दिएको १७९ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा ९ विकेट फुमाउँदै ९६ रन बनाएको थियो । नेपालका लागि सिता राना मगरले सर्वाधिक १८ रन बनाएकी थिइन् भने रुविना क्षेत्रीले १५ र कप्तान इन्दु बर्माले १४ रन बनाएकी थिइन् ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको भारतले २० ओभरमा ३ विकेट गुमाउँदै १७८ रन बनाएको थियो । भारतका लागि सेफाली बर्माले सर्वाधिक ८१ रन बनाएकी थिइन् भने दयालान हेमालताले ४७ रन बनाएकी थिइन् । त्यस्तै जेमीनाह रोड्रीगेजले २८ र संजीवन सजनाले १० रन बनाएकी थिइन् ।

त्यसैगरी नेपाली बलर सिता राना मगरले २ र कविता जोशीले एक विकेट लिएकी थिइन् । यो जितसँगै भारतले समुह चरणमा लगातार तीन खेल जितेर समूह विजेता हुँदै सेमिफाइनलमा पुगेको छ । पाकिस्तान उपविजेता हुँदै सेमिफाइनलमा पुगेको छ ।

समूह एबाट नेपालले ३ खेलमा एक खेल जितेर २ अंकसहित तेस्रो हुँदै बाहिरिएको छ । समूह एबाट युएईले तिनै खेलमा हार बेहोरेर बाहिरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट