उपनेता मुख्यमन्त्री बनेपछि नैतिक संकटमा परेका लीला गिरीले दिए राजीनामा-Sutra News

उपनेता मुख्यमन्त्री बनेपछि नैतिक संकटमा परेका लीला गिरीले दिए राजीनामा

बुधबार, ९ साउन २०८१

बुधबार, ९ साउन २०८१

बुटवल । नेकपा (एमाले) लुम्बिनी संसदीय दलका नेता लिला गिरीले दल नेताकाे पदबाट राजीनामा दिएका छन् । नयाँ मुख्यमन्त्रीकाे रूपमा उपनेता चेतनारायण आचार्य नियुक्त भएपछि उनले राजीनामा दिएका हुन् ।



संसदीय दलभित्र छलफल नै नभइ आचार्यलाई मुख्यमन्त्री बनाइएकाे थियाे ।

महासचिव शंकर पोखरेलले उपनेता आचार्यलाई छापामार शैलीमा मुख्यमन्त्रीमा नियुक्त गराएका थिए । पाेखरेलले आचार्यलाई मुख्यमन्त्री बनाएपछि गिरीमाथि नैतिक संकट उब्जिएकाे थियाे ।

गिरीले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई राजीनामा पत्र पठाएको बताएका छन् । उनका अनुसार जसबारे कुनै निर्णय भने आइसकेकाे छैन ।

गिरीले संसदीय विधि, पद्दतिभन्दा बाहिर गएर निर्णय भएको भन्दै आफू जिम्मेवारीबाट बाहिरिन बाध्य भएकाे बताए ।

यसअघि उनले पार्टी अध्यक्ष ओलीसँग फाेन संवादसमेत गरेका थिए । तर, ओलीले अहिलेलाई यस्तै भयाे भन्दै टार्न खाेजेकाे गिरीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट