जहाजमा लागेकाे आगो नियन्त्रणमा, यात्रुहरुकाे उद्धार गरिँदै-Sutra News

जहाजमा लागेकाे आगो नियन्त्रणमा, यात्रुहरुकाे उद्धार गरिँदै

बुधबार, ९ साउन २०८१

बुधबार, ९ साउन २०८१

काठमाडौं । दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजमा लागेको आगलागी अहिले नियन्त्रणमा आएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक हंशराज पाण्डेका अनुसार आगो नियन्त्रणमा आएको हो ।



आगो नियन्त्रणमा आएसँगै यात्रुहरुको उद्धार थालिएको उनले जनाए ।

पोखरा उड्न लागेको जहाज उड्ने क्रममा दुर्घटनामा परेको थियो । लगत्तै जहाजमा आगलागी भएको थियो ।

जहाजमा चालक दलका सदस्यसहित १९ यात्रु रहेको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए । उद्धार जारी नै रहेको हुनाले के–कति क्षति भएको छ स्पष्ट छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट