मर्मतका लागि पोखरा जाँदै थियो जहाज, यात्रु सबै सौर्यकै कर्मचारी-Sutra News

मर्मतका लागि पोखरा जाँदै थियो जहाज, यात्रु सबै सौर्यकै कर्मचारी

बुधबार, ९ साउन २०८१

बुधबार, ९ साउन २०८१

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको सौर्य एयरलाइन्सको (एन–एएमई (सीआरजे २००) जहाज पोखरा जाँदै गरेको खुलेको छ ।



साथै, जहाज मर्मतका लागि पोखरा जाँदै गरेको पनि एयरलाइन्सले जानकारी दिएको छ ।

जहाजमा चालकदलका सहित १९ यात्रु थिए । बताइएअनुसार जहाजमा सर्वसाधारण यात्रु थिएनन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएअनुसार विमानमा सौर्य एयरलाइन्सकै मर्मत सम्भारका इन्जिनियर तथा प्राविधिकहरुको टोली थियो । जनाइएअनुसार जहाजलाई  पोखरास्थित ह्यांगरमा राखेर मर्मत गर्ने तयारी थियो ।

बुधबार करिब ११ बजे रनवेबाट उड्ने क्रममा जहाज दुर्घटनामा परेको थियो । उडेको केही सेकेन्डमै जहाज भूइँमा बजारिन पुगेको थियो ।

भूइँमा बजारिएसँगै जहाजमा आगलागी भएको थियो ।

सम्बन्धित समाचार

क्याप्टेनको जिवितै उद्धार, चार यात्रुको शव निकालियो

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट