१८ को शव निकालियो, क्याप्टेन मात्रै जिवित-Sutra News

१८ को शव निकालियो, क्याप्टेन मात्रै जिवित

बुधबार, ९ साउन २०८१

बुधबार, ९ साउन २०८१

काठमाडौं । त्रिभुवन विमानस्थलभित्र भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा क्याप्टेन मनिष शाक्यबाहेक सबै यात्रुको मृत्यु भएको छ । उद्धार समूहले १८ जना यात्रुको शव निकालेका छन् ।



चालक दलका दुई सदस्यसहित विमानमा १९ यात्रु रहेकाे बताइएकाे छ । जसअनुसार क्याप्टेन शाक्य जिवितै छन् भने बाँकीको शव भेटिएको छ ।

जिवितै उद्धार गरिएका शाक्यलाई अहिले केएमसी अस्पताल सिनामंगल लगिएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीका अनुसार घाइते शाक्यको टाउकोमा चोट लागेको छ ।

विमानमा क्याप्टेन मनिषरत्न शाक्य र को–पाइलट एस कटुवाल रहेका थिए । विमानमा सवार कर्मचारीहरूमा अमित मान महर्जन, सागर आचार्य, दीलिप वर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदीप लाल जोशी, सर्वेश मरासिनी, श्याम विन्दुकार, नवराज आले,राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञ प्रसाद पौडेल, सन्तोष महतो, पुन्यरत्न शाही र आरिफ रेडा रहेका छन् । आरिफ भने विदेशी नागरिक हुन् ।

बुधबार बिहान करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज उड्ने क्रममा रनवेबाट दुर्घटनामा परेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट