सौर्य एयर दुर्घटना- क्याप्टेनको उपचार हुँदै, शवहरू टिचिङ अस्पताल लैजाने तयारी-Sutra News

सौर्य एयर दुर्घटना- क्याप्टेनको उपचार हुँदै, शवहरू टिचिङ अस्पताल लैजाने तयारी

बुधबार, ९ साउन २०८१

बुधबार, ९ साउन २०८१

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको सौर्य एयरलाइन्सका पाइलट मनिषरत्न शाक्यलाई उपचार भइरहेको छ ।



शाक्यलाई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी)मा उपचार भइरहेको अस्पतालका अधिकारीले जानकारी दिए । उनलाई इमर्जेन्सीमा भर्ना गरिएको छ । हाल उनको स्वास्थ्य अवस्थाबारे भन्न सक्ने अवस्था नरहेको अस्पतालले जनाएको छ ।

विमानमा रहेका बाँकी १८ जनाको शव निकालिएको प्रहरीले जनाएको छ । विमानमा धेरै जसो एयरलाइन्सकै प्राविधिक कर्मचारी रहेको बुझिएको छ ।

काठमाडौंबाट पोखरा उड्ने क्रममा धावनमार्गबाट चिप्लिएर विमान दुर्घटनामा परेको हो । विमानलाई मर्मतका लागि पोखरा लैजाने तयारी गरेको थियो ।

प्रहरीका अनुसार उद्धार गरिएको शवहरू शिक्षण अस्पताल महाराजगञ्ज लैजाने तयारी गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट