१५ जनाको शव निकालियो, क्याप्टेनसहित चार जनाको जिवितै उद्धार-Sutra News

१५ जनाको शव निकालियो, क्याप्टेनसहित चार जनाको जिवितै उद्धार

बुधबार, ९ साउन २०८१

बुधबार, ९ साउन २०८१

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलभित्र भएको सौर्य एयरलाइन्सको (एन–एएमई सीआरजे २००) विमान दुर्घटनामा १५ यात्रुको मृत्यु भएको पुष्टि भएको छ । नेपाल प्रहरीले बताएअनुसार १९ यात्रुमध्ये १५ जना यात्रुको शव भेटिएको छ भने चार जनालाई जिवितै उद्धार गरिएको छ ।



प्रहरीले जनाएअनुसार जिवितै उद्धार गरिएकामा क्याप्टेन मनिष शाक्यसहित बाँकी तीन जना यात्रु छन् । घाइते क्याप्टेन शाक्यलाई सिनामंगलस्थित केएमसी अस्पताल लगिएको छ भने अन्य तीन जनालाई टिचिङ्ग अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मृत भएका यात्रुहरुको शव शिक्षण अस्पताल महाराजगन्ज लगिँदै गरिएको प्रहरीले जनाएको छ ।

विमानमा क्याप्टेन मनिषरत्न शाक्य र को–पाइलट एस कटुवाल रहेका थिए । विमानमा सवार कर्मचारीहरूमा अमित मान महर्जन, सागर आचार्य, दीलिप वर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदीप लाल जोशी, सर्वेश मरासिनी, श्याम विन्दुकार, नवराज आले,राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञ प्रसाद पौडेल, सन्तोष महतो, पुन्यरत्न शाही र आरिफ रेडा रहेका छन् । आरिफ भने विदेशी नागरिक हुन् ।

बुधबार बिहान करिब ११ बजे सौर्य एयरलाइन्सको विमान उड्ने क्रममा रनवेबाट दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परेको सौर्य एयरलाइन्सको विमान पोखरा जाँदै गरेको थियाे । विमान मर्मतका लागि पोखरा जाँदै गरेको थियाे ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएअनुसार विमानमा सौर्य एयरलाइन्सकै मर्मत सम्भारका इन्जिनियर तथा प्राविधिकहरुको टोली थियो ।

नाेट : समाचारमा यसअघि अन्यथा भएकाेमा सच्चाइएकाे छ । सं. 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट