काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा एक जना मात्रै बाँच्न सफल भएका छन् । विमानमा क्याप्टेन मनिष शाक्य मात्रै बाँच्न सफल भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
शाक्यलाई घटना स्थलबाट उद्धार गरी सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार गरिरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । प्राधिकरणले १८ जनाको मृत्यु जानकारी दिएको हो ।
प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जारी गरेको विज्ञप्तिअनुसार १८ जनाको शव संकलन गरिएको हो । ९ एन–एएमई सीआरजे ७ विमान आज बिहान काठमाडौंबाट पोखरा जाने क्रममा दुर्घटना भएको हो ।
विमानमा चालक दलका सदस्यसहित १९ जना थिए । उड्ने वितिक्कै दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिर रहेको स्थानमा दुर्घटना भएको थियो ।