काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलभित्र भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा घाइते भएका थप तीन जना यात्रुको पनि मृत्यु भएको छ । नेपाल प्रहरीले जनाएअनुसार टिचिङ्ग अस्पताल लगिएका तीन जना यात्रुको उपचारका क्रममा मृत्यु भएको हो ।
थप तीन यात्रुको मृत्यु भएसँगै दुघर्टनामा मृतकको संख्या १८ पुगेको छ ।
नेपाल प्रहरीले जनाएअनुसार विमानमा १९ यात्रु थिए । जसमध्ये दुर्घटनास्थलमै १५ को शव भेटिएको थियो भने चार जनालाई जिवितै उद्धार गरिएको थियो ।
जिवितै उद्धार गरिएकामध्ये तीन जनालाई टिचिङ्ग अस्पताल लगिएको थियो भने एक जनालाई सिनामंगलस्थित केएमसी अस्पताल लगिएको थियो । केएमसी लगिएका घाइते विमानका क्याप्टेन मनिष शाक्य हुन् । उनको उपचार चलिरहेको प्रहरीले जनाएको छ ।
बुधबार बिहान करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज उड्ने क्रममा रनवेबाट दुर्घटनामा परेको थियो ।
सम्बन्धित समाचार