दुर्घटनास्थल पुगेर प्रधानमन्त्री ओलीले गरे अवलोकन-Sutra News

दुर्घटनास्थल पुगेर प्रधानमन्त्री ओलीले गरे अवलोकन

बुधबार, ९ साउन २०८१

बुधबार, ९ साउन २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सौर्य एयरको विमान दुर्घटना स्थल पुगेर घटनाबारे जानकारी लिएका छन् ।



बुधबार बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उडान गर्ने बित्तिकै दाहिने मोड्ने क्रममा विमान दुर्घटना ग्रस्त भएको थियो ।

प्रधानमन्त्री ओलीले दुर्घटना स्थलको निरीक्षण गर्दै गृहमन्त्री, नागरिक उड्डयन मन्त्री र नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरूसँग दुर्घटनाबारे जानकारी लिएका छन् ।

‘नियमित प्राविधिक परीक्षणका लागि पोखरा उड्न लाग्दा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जना प्राविधिक र क्र्यु मेम्बरको निधनले अत्यन्त दुःख लागेको छ,’ उनले भने, ‘यो दुःखद घडीमा सबैलाई धैर्य रहन अनुरोध गर्दछु ।

दुर्घटनामा घाइते भएका विमानका पाइलट मनिष रत्न शाक्यको भने अहिले केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट