बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन-Sutra News

बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन

बुधबार, ९ साउन २०८१

बुधबार, ९ साउन २०८१

काठमाडौं । विमान दुर्घटनापछि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ । बुधबार बिहान ११ बजे सौर्य एयरलाइन्सको विमान दुर्घटना भएपछि विमानस्थल बन्द गरिएको थियो



विमानस्थल बन्द भएपछि बाहिरबाट आएका जहाजहरूलाई डाइभर्ट गरिएको थियो । काठमाडौंबाट पोखरा जान लागेको विमान उड्ने क्रममा दुर्घटनामा परेको थियो ।

विमानमा सवार १८ जनाको मृत्यु भएको छ । पाइलटको केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट