काठमाडौं । तनहुँको ब्याँस नगरपालिका ३ दुर्गा मन्दिरस्थित सडकबाट स्रोत नखुलेको नगद ११ लाख ६५ हजार रूपैयाँसहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा रोल्पा माडी गाउँपालिका ५ पासाबाङ घर भई हाल काठमाडौं चन्द्रागिरी नगरपालिका १० बस्ने २० वर्षीय लक्ष्मण केसी र २५ वर्षीय सुशान केसी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बा ५७ प ७५०६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई नगदसहित पक्राउ गरेको हो ।