हवाई दुर्घटनामा नेपालको इतिहासः सुविधा सम्पन्न विमानस्थलभित्रै उद्धारमा कमजोरी-Sutra News

हवाई दुर्घटनामा नेपालको इतिहासः सुविधा सम्पन्न विमानस्थलभित्रै उद्धारमा कमजोरी

बुधबार, ९ साउन २०८१

बुधबार, ९ साउन २०८१

काठमाडौं । काठमाडौंबाट पोखरा विमानस्थल जान लागेको सौर्य एयरको विमान बुधबार बिहान ११ बजेतिर उडान भरेको २० सेकेण्डमा दुर्घटना हुन पुग्यो । विमानमा चालक दलका सदस्यसहित सौर्य एयरलाइन्सकै प्राविधिक कर्मचारी थिए ।



विमान मर्मत गर्नु पर्ने भएपछि चालक दलका सदस्य र प्राविधिक कर्मचारी मात्रै सवार थिए । जसमा केही प्राविधिक कर्मचारीका आफन्त रहेको नागरिक उड्डयन प्राधिकरणले सार्वजनिक गरेको सूचनामा उल्लेख गरिएको छ ।

प्राधिकरणका अनुसार जहाज उड्नासाथ दाहिने मोडिएर भूँइमा बजारिएको थियो । यस क्रममा जहाजको ककपीट एयर डाइनेस्टीको कन्टेनरमा ठोक्किन पुग्यो । एक भाग ठोक्किएको कन्टेनरमा अड्किएको थियो । बाँकी भाग उछिट्टिँदै खोल्सामा पुगेर आगलागी भएको थियो ।

विमानमा समस्या देखिएपछि मर्मत गर्न सुविधा सम्पन्न पोखरा विमानस्थल जाने निष्कर्ष निकालेको प्राविधिक टोलीले नै ज्यान गुमाए । जहाजमा सवार १९ जनामध्ये क्याप्टेन मनिषरत्न शाक्य घाइते भए । बाँकी १८ जनाले ज्यान गुमाए ।

दुर्घटनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले दुर्घटना स्थलको निरीक्षणमा पुगे । उनीसँगै गृहमन्त्री, नागरिक उड्डयन मन्त्री र नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीसँग दुर्घटनाबारे जानकारी लिएका थिए ।

‘नियमित प्राविधिक परीक्षणका लागि पोखरा उड्न लाग्दा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जना प्राविधिक र क्र्यु मेम्बरको निधनले अत्यन्त दुःख लागेको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘यो दुःखद घडीमा सबैलाई धैर्य रहन अनुरोध गर्दछु ।

सुविधा सम्पन्न त्रिभुवन विमान स्थलभित्रै जहाज दुर्घटना हुँदा उद्धारमा ढिलाई भएको प्रत्यक्षदर्शीको भनाइ थियो । पेप्सीकोला क्षेत्रमा मोटर ग्यारेजमा कार्यरत कृष्ण थापाले भारतीय टीभी च्यानल एनी न्यूजसँग भने ‘एक्कासी ड्याङ्ग आवाज आयो, अनि माथिबाट कन्टेनर लड्यो, भित्तोमा प्लेन ठोक्किएर तल चौरमा बजारियो ।’

उनले घटना स्थल भएको डाँडामा तुरुन्तै दमकल र एम्बुलेन्स आएर उद्धार गरेको बताए । तर, तलतिर उद्धार गर्न ढिलाई भएको उनको भनाइ थियो ।

‘यतातिर दमकल घुमेर आउने क्रममा अलि ढिलै भयो, आएको भए एक मिनेटमा आइपुग्थ्यो, प्लेन जलेर ध्वस्त भइसकेपछि मात्रै दमकल आयो,’ उनले भने, ‘एउटा मान्छेले हात हल्लाइरहेको थियो, दमकलले त्यति मान्छेलाई पानी हान्यो, दमकलको पहिलो प्रेस नै त्यही मान्छेलाई पर्यो, मान्छे छ भन्दाभन्दै, त्यो मान्छे अलि पर सर्यो, तान्न त पुलिसहरूले तान्यो, हात खुट्टा थिच्यो, तर एकैछिनमा त्यो मान्छेलाई झाँडीतिर राखिदियो ।’

प्रत्यक्षदर्शीले विमान दुर्घटनाको उद्धारमा कमजोरी भएको बताउँदै गर्दा यही घटना भने पहिलो पटक भएको होइन । यसअघि पनि त्रिभुवन विमानस्थलभित्रै यूएस बाङ्ग्ला एयरलाइन्सको विमान दुर्घटना भएको थियो । सन् २०१८ मार्च महिनामा भएको यो दुर्घटनामा ५१ जना यात्रुले ज्यान गुमाएका थिए ।

यूएस बाङ्ग्ला एयरलाइन्सको विमान दुर्घटना हुँदा चालक दलका सदस्यसहित ५१ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेहरुमा २२ जना नेपाली, २८ जना बंगलादेशी र एक चिनियाँ नागरिक थिए । ७१ जना सवार उक्त विमान दुर्घटनामा २० जना घाइते भएका थिए ।

विमानस्थलभित्रै भएका यी दुई दुर्घटनामा मात्रै ६९ जनाको निधन हुन पुग्यो । उद्धारको कुनै सुविधा नभएको स्थानमा भएको दुर्घटनामा यात्रु बाँचेको कुनै तथ्यांक भेटिदैन ।

विंं.सं. २०७९ माघ १ गते आइतबार पनि काठमाडौंबाट पोखरा उडेको विमान अवतरणको क्रममा दुर्घटना हुन पुगेको थियो । यती एयरलाइन्सको विमान सेती नदीको खोँचमा खसेको थियो । दुर्घटनामा ७२ जनाले ज्यान गुमाएका थिए । जसमा ६८ यात्रु र चार जना चालक दलका सदस्य थिए ।

उड्डयन प्राधिकरणले सार्वजनिक गरेको ‘उड्डयन सुरक्षा प्रतिवेदन (एभिएसन सेफ्टी रिपोर्ट)– २०२२’ का अनुसार सन् २००० देखि २०२२ को मे महिनासम्म नेपालमा ३२ वटा विमान दुर्घटना भएका छन् । दुर्घटनामा कति जनधनको क्षति भयो भन्ने यकिन तथ्यांक देखिदैन । नेपालमा भएका विमान दुर्घटनाको तथ्यांक भने यस्तो छः

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट