विमान दुर्घटनाका शवको त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम हुँदै-Sutra News

विमान दुर्घटनाका शवको त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम हुँदै

बुधबार, ९ साउन २०८१

बुधबार, ९ साउन २०८१

काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएका व्यक्तिहरुको त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम भइरहेको छ । बुधबार बिहान त्रिभुवन विमानस्थलमा विमान दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको हो ।



मृतकको शवलाई पहिचानका लागि शिक्षण अस्पतालमा राखिएको छ । शुक्रबारसम्म पोष्टमार्टम गरी परिवारजनलाई शव बुझाउने तयारी गरिएको छ ।

मृतकको शवहरु पहिचान हुन नसक्ने अवस्थामा रहेको र एउटा शव पहिचान गर्न चार घण्टा लाग्ने शिक्षण अस्पतालका फरेन्सिक विभाग प्रमुख डा. गोपाल कुमार चौधरीले जानकारी दिए ।

उनले अन्य अस्पतालबाट पनि चिकित्सक मगाएर पोष्टमार्टमलाई समयमा सम्पन्न गर्ने बताए । अस्पतालमा मृतकका परिवारहरु पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट