आज बृष, कर्कट र मकर राशीलाई लाभलाभै, तपाईंको दिन कस्तो ?-Sutra News

आज बृष, कर्कट र मकर राशीलाई लाभलाभै, तपाईंको दिन कस्तो ?

बिहिबार, १० साउन २०८१

बिहिबार, १० साउन २०८१

आज मिति २०८१ साउन १० गते बिहीबार । सन् २०२४ जुलाई २५ तारिख । नेपाल सम्बत ११४४ दिल्लागा पञ्चमी तिथि । आज नेपालमा सूर्योदय बिहान ५ बजेर २३ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ५७ मिनेटमा हुनेछ । अब सुरु गरौँ राशिफलः



मेष

श्रमको उचित मूल्य नमिल्ने या सोचेभन्दा कमै फाइदा मिल्ने दिन छ । आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन् । इर्ष्या गर्नेहरूले दुःख दिन सक्छन् । तर मिठो भोजन प्राप्त हुनेछ भने यात्रामा सफलता मिल्नेछ । मित्रजनको सहयोग प्राप्त हुनेछ ।

बृष

भौतिक साधन जुट्नेछ भने आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । तर आजको लाभांश सुरक्षित वा सञ्चय नहुन सक्छ । सरसापटमा धन खर्च होला । विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ । सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सक्छ । उत्तरार्धदेखि शुभता बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । उत्साह बढ्नेछ ।

मिथुन

दौडधुप बढे पनि आजको दिन मंगलमय कृत्य सम्पादन हुन सक्छन् । एउटै कामबाट दोहोरो लाभ मिल्ने समय छ । प्रतिभाको कदर हुनेछ भने बौद्धिक प्रतिस्पर्धामा अरूलाई उछिन्न सकिने छ । दिगो आम्दानी हुने काम सुरु गर्ने योग छ । शत्रुमाथि विजय प्राप्त हुनेछ । पराक्रम, बौद्धिकता र रचनात्मकता बढ्ने छ ।

कर्कट

धेरैको भलाइ हुने काम शुभारम्भ गर्न सकिने समय छ । तर अरूको भर पर्दा धोका हुन सक्छ, सचेत रहनुहोला । मान्यजनसँग असमझदारी बढ्न सक्छ । पहिलेको उपलब्धिले अध्ययनमा उत्साह जगाउनेछ । सहयोगीहरूले फाइदा दिलाउनेछन् । दाम्पत्यसुख बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । कर्मबल बढ्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह

ठूलै प्रयत्न गर्दा सामान्यमात्र फाइदा हुने समय छ । अवसर आए पनि मौकामा लाभ उठाउन नसकिएला । हठ गर्ने बानीले समस्या निम्त्याउन सक्छ । अरूको सुझावमा भर नपर्नुहोला । केही अवसर जुटे पनि परिस्थिति अलि संघर्षमय रहने योग छ । प्रेमभाव बढ्नेछ । रसरागमा आकर्षण बढ्नेछ । सार्वजनिक कार्यक्रममा आकर्षण बढ्नेछ । पारिवारिक सुखशांति रहला ।

कन्या

प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु नै बेस हुनेछ । परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ । सामान्य कामबाट पनि राम्रो लाभ उठाउन सकिनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । आफ्नै कमजोरीले विवादमा परिने योग छ, सचेत रहनुहोला । उत्तरार्धदेखि शुभता बढ्नेछ । समस्याकको समाधान मिल्नेछ ।

तुला

सामाजिक काममा रुचि बढ्नेछ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । प्रयत्न गर्दा घरेलु काममा फाइदा पुग्ने समय छ । रोकिएका काम फेरि प्रयत्न गरे सफलता मिल्नेछ । धन मान महत्व बढ्नेछन् । आरोग्यता वृद्धि हुनेछ । साहसिक काममा आकर्षण बढ्नेछ ।

बृश्चिक

आजको दिन त्यति उत्साहवर्द्धक नरहला । बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ भने आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन् । व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर जुट्ला । मान र विद्या प्राप्त हुनयोग छ । पराक्रम र आरोग्यता बढ्नेछ । बौद्धिक र रचनात्मक कार्यमा केही सफलता प्राप्त हुनेछ ।

धनु

न्यून उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ । स्वास्थ्य सामान्य कमजोर रहला, जसका कारण जोश–जाँगरमा कमी आउनेछ । पठनपाठनमा पनि पछि परिएला । नयाँ काममा हात हाल्न केही समय पर्खनु हितकर होला । स्वास्थ्य सामान्य कमजोर रहला । काममा अवरोध आउनाले मन खिन्न रहनेछ । नचिताएको ठाउँमा धन खर्च हुन सक्छ । रसरागको भाव भने बढ्नेछ ।

मकर

कीर्तिमानी काम सम्पादन गर्न सकिने समय छ । अरूलाई प्रभावित पारेर फाइदा लिन सकिनेछ । तथापि, केही प्रतिस्पर्धा गर्नुपर्ने समय छ । शत्रुहरूको चलखेल बढ्नाले केही चुनौती सामना गर्नपर्ला । नयाँ काममा हात हाल्दै हुनुहुन्छ भने उपयुक्त समय छ । प्रेमको प्रस्ताव प्राप्त हुन सक्छ । दायित्व पूरा गर्नु हुनेछ ।

कुम्भ

दिन शुभदायी छ । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन होला । चिताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन् । मिठो बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

मीन

सन्तान वा सहयोगीका माध्यमबाट काम बन्ने समय छ । यात्राको अवसर जुट्न सक्छ । आफन्तबाट टाढिनुपर्ला । पढाइलेखाइमा सामान्य प्रगति होला । सेवामूलक कामबाट धनलाभ हुने योग छ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध जोडिनेछ । साझेदारीको काम बन्नेछ । समस्याको समाधान मिल्नेछ ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट