तोलामा २४ सयले घट्यो सुनको मूल्य-Sutra News

तोलामा २४ सयले घट्यो सुनको मूल्य

बिहिबार, १० साउन २०८१

बिहिबार, १० साउन २०८१

काठमाडाैं । स्थानीय बजारमा आज सुनको मूल्य घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार सुनकाे मूल्य तोलामै दुई हजार चार सय रूपैयाँले घटेको हाे ।



मूल्य घटेसँगै बिहीबार छापावाला सुन आजका लागि रु एक लाख ४५ हजार निर्धारण भएको छ भने तेजाबी सुनकाे मूल्य रु एक लाख ४४ हजार तीन सय निर्धारण भएको छ ।

यसअघि बुधबार छापावाल सुन प्रतितोला रु एक लाख ४७ हजार चार सय र तेजाबी सुन प्रतितोला रु एक लाख ४६ हजार सात सयमा कारोबार भएको भएकाे थियाे ।

बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २३ सय ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

यस्तै, चाँदीको मूल्य प्रतितोला रु ५५ ले घटेको छ । बुधबार प्रतितोला रु एक हजार आठ सय पाँचमा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने एक हजार सात सय ५० निर्धारण भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट