आईपीएल फ्रेञ्चाइजीले मेघा अक्सनअघि राख्यो तीन माग-Sutra News

आईपीएल फ्रेञ्चाइजीले मेघा अक्सनअघि राख्यो तीन माग

बिहिबार, १० साउन २०८१

बिहिबार, १० साउन २०८१

काठमाडौं । आगामी वर्षको इण्डियन प्रिमियर लिग (आईपीएल)को १८ औँ सिजनअघि मेगा लिलामी आयोजना गरिने भएको छ । यसअघि फ्रे‍ञ्चाइजीले खेलाडीलाई रिलिज गर्नु पर्ने छ ।



हालै बसेको आईपीएल गर्भर्निंग काउन्सिल र फ्रेञ्चाइजीहरूले भेट गरेर तीन परिवर्तनको माग गरेका हुन् । उनीहरूले मेघा लिलामीको अवधि, खेलाडी रिटेन्सनको संख्या र राइट टु म्याचको नियम परिवर्तनको माग गरेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

मिडिया रिपोर्टका अनुसार फ्रेञ्चाइजीहरूले आईपीएलका तीन नियममा परिवर्तनको माग गरेका थिए । मेघा अक्सनअघि बसेको उक्त बैठकमा फ्रेञ्चाइजीहरूले मेगा अक्सनको समयावधि पाँच वर्ष गर्न माग गरेका थिए । यसबाहेक उनीहरूले चारदेखि ६ जना खेलाडी राख्न पाउने र प्रत्येक टोलीलाई कम्तीमा आठ राइट टु म्याच (आरटीएम)को विकल्प दिइनु पर्ने माग गरेका छन् । तर, यी विषयमा अहिलेसम्म कुनै निर्णय भएको छैन ।

हरेक पाँच वर्षमा मेगा लिलामी गर्ने मागको कारण युवा खेलाडीलाई तयारी गर्ने मौका दिने हो । यसले अनक्याप्ड खेलाडीहरूलाई फाइदा पुग्छ र उनीहरूले आफ्नो खेल सुधार गर्न सक्षम हुने छन् । हाल आईपीएलको मेघा लिलामी प्रत्येक तीन वर्षमा हुन्छ ।

यस बैठकमा, फ्रेञ्चाइजीले आईपीएल अधिकारीबाट राइट टु म्याच (आरटीएम) विकल्पमा परिवर्तन गर्न माग गरे । फ़ेञ्चाइजीहरू मेघा लिलामीअघि यसलाई आठमा घटाउन चाहन्छन् । यदि, यसो भए टोलीहरूले आफ्ना पुराना खेलाडीलाई उच्च बोलीमा मिलाएर टोलीमा पुनः समावेश गर्न सहज हुने छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट