करेण्ट लागेर तीन जनाको निधन-Sutra News

करेण्ट लागेर तीन जनाको निधन

बिहिबार, १० साउन २०८१

बिहिबार, १० साउन २०८१

काठमाडौं । उदयपुर र झापामा करेण्ट लागेर तीन जनाको निधन भएको छ । उदयपुरको उदयपुरगढी गाउँपालिका ६ ओदाले बस्ने २६ वर्षीय राजीव कुमार मगरको करेण्ट लागेर बुधबार दिउँसो निधन भएको हो ।



सोही ठाउँस्थित घिजहरी खोलाबाट आफ्नै खेतमा पानी लगाउने क्रममा विद्युतीय मोटरको तार सर्ट भई करेण्ट लागेर उनको मृत्यु भएको हो ।

यता झापाको मेचीनगर नगरपालिका १२ धिमाल टोल माझगाउँ बस्ने पाँचथर फिदिम नगरपालिका २ घर भएका ३० वर्षीय सन्दीप तुम्बाम्फोको करेण्ट लागेर बुधबार साँझ मृत्यु भएको छ ।

यसैगरी, झापाको कचनकवल गाउँपालिका ४ केचना बस्ने ललन साहको छोरा १५ वर्षीय विशाल साहको करेण्ट लागेर बुधबार राति मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट