सौरभको निर्देशनमा ‘कर्मा’ निर्माणको घोषणा-Sutra News

सौरभको निर्देशनमा ‘कर्मा’ निर्माणको घोषणा

बिहिबार, १० साउन २०८१

बिहिबार, १० साउन २०८१

काठमाडौं । गतवर्षको फागुन १८ गते प्रदर्शनमा आएको फिल्म ‘अगस्त्य : च्याप्टर–१’लाई निर्देशन गरेर तारिफ कमाएका निर्देशक सौरभ चौधरीले नयाँ फिल्म निर्माणको घोषणा गरेका छन्।



फिल्मको नाम ‘कर्मा’ राखिएको छ । बिहिबार फिल्म थिम पोस्ट सार्वजनिक गर्दै निर्माणको घोषणा गरिएको हो । सार्वजनिक थिम पोस्ट हेर्दा युद्ध लड्न हिँडेका सौनिहरु देख्न सकिन्छ ।

यस फिल्मलाई सौरभ चौधरीले निर्देशन गर्ने भएका छन् भने फिल्मको कथा पनि उनी स्वयंले लेखेका छन् । यो फिल्म एक्सन ड्रामा एडभेन्चर जनरामा निर्माण हुने बताइएको छ ।

निर्देशक चौधरीको तेस्रो प्रोजेक्ट हो । तीन वर्षअघि उनी निर्देशित ‘लभ डायरिज’ रिलिज भएको थियो ।

निर्देशक चौधरीले  फिल्मको टाइटल घोषणासँगै भने,’अहिलेसम्म जे जति फिडब्याक पाएको छु, राम्रै पाइरहेको छु । यो फिल्म एक्सन मात्रै होइन । एक्सन फिल्मको हिस्सा हो तर फिल्मको बलियो भनेको यसको स्क्रिप्ट हो । यसको पटकथा कसिलो छ ।’

आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने फिल्ममा बसन्त लम्सालले लगानी गर्नेछन् । यो फिल्मको छायांकन तिहारपछि सुरु हुनेछ ।

फिल्मको कथावस्तु र कलाकारबारे निर्माणपक्षले अहिले जानकारी दिएको छैन । कलाकार अनुबन्ध गर्ने क्रम जारी नै रहेकाले पछि जानकारी गराउने निर्देशक चौधरीले जानकारी दिए ।

सौरभले ‘अगस्त्य : च्याप्टर–१’ बाट मेकिङमा गरेको मेहनतको तारिफ भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट