एसिया कप क्रिकेट खेलेर फर्कियो महिला टोली-Sutra News

एसिया कप क्रिकेट खेलेर फर्कियो महिला टोली

बिहिबार, १० साउन २०८१

बिहिबार, १० साउन २०८१

काठमाडौं । एसिया कप क्रिकेट खेलेर नेपाली महिला टोली स्वदेश फिर्ता भएको छ । श्रीलंकामा भएको प्रतियोगितामा नेपाल समूह चरणबाटै बाहिरिएको हो ।



प्रतियोगिताको समूह चरणको पहिलो खेलमा युएईलाई पराजित गरेको नेपालले छिमेकी देश भारत र पाकिस्तानसँग लज्जास्पद हार बेहोरेको थियो ।

युएईमाथि ६ विकेटले जित निकालेको नेपाल पाकिस्तानसँग ९ विकेटले र भारतसँग ८२ रनले पराजित भएको थियो ।

नेपाल रहेको समूह ए बाट भारत र पाकिस्तान तथा समूह बी बाट श्रीलंका र बंगलादेश सेमिफाइनलमा प्रवेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट