बढ्यो सेयर बजार तर, घट्यो कारोबार रकम-Sutra News

बढ्यो सेयर बजार तर, घट्यो कारोबार रकम

बिहिबार, १० साउन २०८१

बिहिबार, १० साउन २०८१

काठमाडौं । साताको अन्तिम कारोबार दिन (बिहीबार) सेयर बजार परिसूचक नेप्से बढेर बन्द भएको छ । बिहीबार नेप्से ३२.०२ अंकले बढ्दै २५६८ को बिन्दुमा उक्लिएको छ ।



यसअघि बुधबार नेप्से २७.३२ अंकले घटेको थियो ।

नेप्से बढे पनि यस दिन कारोबार रकम भने घटेको छ । बुधबार १६ अर्ब २० करोडमाथिको कारोबार भएको नेप्सेमा यस दिन १४ अर्ब १३ करोडमै सीमित रह्यो । ३ करोड ५५ लाख ९४ हजार कित्ता सेयर किनबेच हुँदा सो रकम बराबरको कारोबार भएको थियो ।

यस दिन माइक्रोफाइनान्स समूहको सूचक सबैभन्दा धेरै ६.८ प्रतिशतले बृद्धि भयो । बैंकिङ १.३६ प्रतिशतले बढ्दा फाइनान्स १.२२ र होटल तथा पर्यटन ०.४२ प्रतिशतले बढ्यो । यस्तै, जीवन बीमा ०.७१, उत्पादन ०.८६, निर्जीवन बीमा २.९५ तथा व्यापार समूहको सूचक ०.८१ प्रतिशत बढ्यो ।

अन्य ०.३३, लगानी ०.७३, हाइड्रोपावर ०.१० र विकास बैंक समूहको सूचक ०.३५ प्रतिशत घट्यो ।

यस दिन उपकार लघुवित्त, जीवन विकास लघुवित्त, एसियन हाइड्रोपावर, गणपति लघुवित्त, राष्ट्रिय बीमा कम्पनीको मूल्य सकारात्मक सर्किट लेबलमा बृद्धि भयो ।

उच्च अंकले बढेको बजारमा बिहीबार सानिमा जिआईसी इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स, शिवम् सिमेन्टलगायतका कम्पनीको कारोबार उच्च रह्यो । शीर्ष कारोबार भएका मध्येमा वाणिज्य बैंकहरु पनि परेका छन् ।

विशेषगरी मौद्रिक नीति कस्तो आउला भन्ने सशंयका बीच सेयर बजारमा तिव्र उतार चढाव देखिएको छ । कतिपय नाफा बुक गर्नतर्फ देखिएका छन् भने कतिपय थप फाइदा आर्जन गर्ने योजनामा लगानी बृद्धि गरिरहेका छन् । बुधबार बेच्नेको चाप बढेको बजारमा बिहीबार भने किन्ने धेरै देखिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट