ग्लोबल टी-२०: उद्घाटन खेलमा सन्दीप र दीपेन्द्रको भ्यान्कोभरविरुद्ध रोहितको टोरन्टो भिड्दै-Sutra News

ग्लोबल टी-२०: उद्घाटन खेलमा सन्दीप र दीपेन्द्रको भ्यान्कोभरविरुद्ध रोहितको टोरन्टो भिड्दै

बिहिबार, १० साउन २०८१

बिहिबार, १० साउन २०८१

काठमाडौं । क्यानडामा आयोजना हुने ग्लोबल टी २० क्रिकेट खेल जुलाई २५ तारिख अर्थात आजदेखि सुरु हुँदै छ । उद्घाटन खेलमा नेपाली खेलाडीहरू आबद्ध टोलीहरू भिड्ने भएका छन् ।



ग्लोबल टी २० खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल, पूर्व कप्तान सन्दीप लामिछाने र अलराउण्डर दीपेन्द्र सिंह ऐरीले खेल्दै छन् । लिगमा सन्दीप र दीपेन्द्र सिंह भ्यान्कोभर नाइटसबाट खेल्दै छन् । यस्तै रोहित टोरन्टो नेशनलबाट खेल्दै छन् ।

आजको उद्घाटन खेलमा यी दुई टोलीबीच प्रतिस्पर्धा हुँदै छ । खेल नेपाली समयअनुसार राति १ बजेर ४५ मिनेटमा सुरु हुनेछ । गत सिजनमा सन्दीप सुर्रे जागुअर्स र दिपेन्द्र मोन्टरियल टाइगर्सबाट खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट