एक लाख १२ हजार विद्यार्थीले लिए एनओसी, कुन देशका लागि कति ?-Sutra News

एक लाख १२ हजार विद्यार्थीले लिए एनओसी, कुन देशका लागि कति ?

बिहिबार, १० साउन २०८१

बिहिबार, १० साउन २०८१

काठमाडौं । आर्थिक वर्ष २०८०/०८१ मा एक लाख १२ हजार पाँच सय ९३ विद्यार्थीले वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) लिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएअनुसार एक वर्षको बीचमा सो संख्यामा विद्यार्थीले अनुमति लिएका हुन् ।



मन्त्रालयले जनाएअनुसार विद्यार्थीले विभिन्न ६६ वटा देशका लागि एनओसी लिएका छन् ।

एक वर्षको बीचमा सबैभन्दा बढी जापान अध्ययनका लागि जान चाहने विद्यार्थीले एनओसी लिएका छन् । मन्त्रालयले जनाएअनुसार जापानको लागि ३४ हजार ७३१ विद्यार्थीले एनओसी लिएका छन् ।

जापानपछि सबैभन्दा बढी क्यानडा जान चाहने विद्यार्थीले एनओसी लिएका छन् । मन्त्रालयका अनुसार एक वर्षको बीचमा १५ हजार ९८२ विद्यार्थीले क्यानडाको एनओसी लिएका छन् ।

प्रायः उच्च एनओसी लिइने अष्ट्रेलियामा योबीचमा केही संख्या घटेको छ । मन्त्रालयका अनुसार एक वर्षको बीचमा अष्ट्रेलियाका लागि १४ हजार ३७२ विद्यार्थीले एनओसी लिएका छन् ।

मन्त्रालयले जनाएअनुसार बेलायतका लागि १३ हजार ३३९, अमेरिकाका लागि ११ हजार २६१, कोरियाका लागि छ हजार ८८९, भारतका लागि दुई हजार ३८९, डेनमार्कका लागि एक हजार ७५४, फिनल्याण्डका लागि एक हजार ५३५, फ्रान्सका लागि एक हजार ४८९ र न्यूजिल्याण्डका लागि एक हजार ४४६ लागि विद्यार्थीले एनओसी लिएका छन् ।

सबैभन्दा बढी भाषा सिक्ने विद्यार्थी

मन्त्रालयले जनाएअनुसार विद्यार्थीले विभिन्न ९४ शीर्षकमा अध्ययनका लागि एनओसी लिएका छन् । जसमध्ये सबैभन्दा बढी जापानिज भाषाको शीर्षकमा एनओसी जारी भएको छ । मन्त्रालयका अनुसार जापानिज भाषा सिक्नका लागि भन्दै ३३ हजार ६९७ जनाले एनओसी लिएका हुन् ।

मन्त्रालयले जनाएअनुसार जापानिज भाषापछि म्यानेजमेन्टका लागि एनओसी लिनेको संख्या बढी छ । जनाइएअनुसार २८ हजार ८९१ विद्यार्थीले म्यानेजमेन्ट पढ्नका लागि एनओसी लिएका छन् ।

यस्तै, बिजेनसका लागि १० हजार ३९, आइटीका लागि पाँच हजार ९११, साइन्सका लागि पाँच हजार ३८४, इन्जिनियरिङ्गका लागि चार हजार ४२६, हेल्थका लागि चार हजार १५९ र साइन्स एण्ड टेक्नोलोजिका लागि चार हजार १०२ ले एनओसी लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट