‘गोर्खे खुकुरी’को सफलतापछि लोमशले ल्याए ‘माछी’-Sutra News

‘गोर्खे खुकुरी’को सफलतापछि लोमशले ल्याए ‘माछी’

बिहिबार, १० साउन २०८१

बिहिबार, १० साउन २०८१

काठमाडौं । ‘गोर्खे खुकुरी’ गीतको सफलताको सेलिब्रेसन गर्दै तीज गीत ‘माछी’ सार्वजनिक गरिएको छ । लोकश शर्माको प्रस्तुति रहेको ‘गोर्खे खुकुरी’ गीतले ५ महिनाको अवधिमा युट्युबमा चार करोड २७ लाख बढी भ्युज पाएको छ।



बिहीबार काठमाडौंमा आयोजित कार्यक्रमका बीच ‘माछी’ बोलको गीतमा शान्तिश्री परियार र समीक्षा अधिकारीले स्वर रहेको छ । सार्वजनिक गीतको भिडियोमा प्रियंका कार्की, लोमश शर्मा, कविता नेपाली र अनु परियारले नृत्य गरेका छन् ।

गीत रिलिज कार्यक्रममा शुभकामना दिन निर्देशक एवं अभिनेत्री दीपाश्री निरौलासमेत पुगेकी थिइन् । ‘गीत एकदमै राम्रो लाग्यो, गीत भन्न साथ त्यसै हात खुट्टा नाच्न थाल्छ, माछी पर्‍यो बल्छी नाची नाची… वास्तवमा नाच्नलाई यति मजा आउँछ कि त्यहाँ बल्छी थापिरहनै पर्दैन आफै त्यसै जिउ जुरमुराएर आउँछ ‘ उनले भनिन् ।

‘यो गीतको सर्जक र टिमले नै निकै राम्रो काम गरेको छ । टिम राम्रो लियो भएपछि बाँकी काम आफै राम्रो हुन्छ र त्यसको उदाहरण म आफै हो । र यो गीत गोर्खे खुकुरी भन्दा राम्रो चलोस् किनभने महिला दिदीबहिनीहरूको गीत हो यो र यो महिला दिदी बहिनीमा मात्र सीमित राख्नु हुन्न भनेर लोमश जी आफै नृत्य गर्नुभयो । यो पनि खुसी लाग्यो किनकि तिज महिला दिदीबहिनीको मात्र नभएर पुरुषको पनि हो जस्तो लाग्छ,’ उनले थपिन् ।

यस्तै उनी अघि थप्छिन्, ‘यस गीतमा नाच्नु पर्ने मान्छे नाचेका छन्, प्रियङ्का कार्की, कविता नेपाली र यो गीतमा नाच्ने सबै नृत्यका पुजारी नै हुनुहुन्छ । यस गीतलाई शान्ति श्री र समीक्षा बहिनीले गाउनु भएको छ । उहाँहरू पनि गीत संगीतका पुजारी नै हुनुहुन्छ । सबै पुजारीहरूलाई भेला पार्नु भएको रहेछ । कोरीयोग्राफि देखि ड्रेसमा पनि एकदमै ध्यान दिइएको देखिएको छ ।’

लोमश शर्माको प्रस्तुति एवं भिडियो निर्देशन रहेको गीतमा पुरूषोत्तम गैरेको शब्द एवं संगीत छ । यसलाई कविराज गहतराजले कोरियोग्राफी, नवराज उप्रेतीले छायांकन एवं मनोज कार्कीले सम्पादन गरेका हुन् । ‘गोर्खे खुकुरी’मा निश्चल दवाडी र शान्तिश्रीको स्वर छ ।

गीतलाई लिएर निर्देशक लोमश आशावादी देखिएका छन् । उनले गोर्खे खुकुरी जस्तै सबैले मन पराइदिनेमा विश्वास लिएका छन् ।

गीतकी मोडल तथा अभिनेत्री प्रियांका कार्कीले यो गीतमा मेहनतका साथै धेरै नृत्य गरेकाले आफूलाई खुट्टामा पीडा भएको सुनाएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट