पहिलो महिला मुख्य सचिव बनिन् लीलादेवी-Sutra News

पहिलो महिला मुख्य सचिव बनिन् लीलादेवी

बिहिबार, १० साउन २०८१

बिहिबार, १० साउन २०८१

काठमाडौं । सरकारको मुख्य सचिवमा लीलादेवी गड्तौला नियुक्त भएकी छन् । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई मुख्य सचिव नियुक्त गर्ने निर्णय गरेको हो ।



कायममुकायम मुख्यसचिव रहेकी गड्तौलालाई मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । उनी नेपालको निजामती सेवाको उच्च पदमा पुग्ने पहिलो महिला बनेकी छन् ।

यसअघि उनी प्रधानमन्त्री कार्यालयको सिनियर सचिव भएकाले कामु मुख्यसचिवको जिम्मेवारी दिइएको थियो । उनी कानून सेवाबाट सचिव भएकी थिइन् ।

आगामी भदौमा उनी ५८ वर्ष पुग्ने भएसँगै उमेर हदका कारण अनिवार्य अवकाशमा जाने छिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट