लोकगायक एलपी जोशीको निधन-Sutra News

लोकगायक एलपी जोशीको निधन

शुक्रबार, ११ साउन २०८१

शुक्रबार, ११ साउन २०८१

काठमाडौं । लोकगायक लक्ष्मीप्रसाद (एलपी) जोशीको निधन भएको छ । ८८ वर्षीय गायक जोशीको बिर्तामोडस्थित अस्पताल लैजाँदै गर्दा बिहीबार साँझ झापामा निधन भएको हो ।



परिवार स्रोतका अनुसार जोशी बेलुकीको खाना खाए पछि अकस्मात् बेहोस भएका थिए । अस्पताल पुर्‍याए लगत्तै उनलाई चिकित्सकले मृत घोषणा गरेका हुन् ।

गायक जोशी लामो समयदेखि मधुमेह रोगबाट पीडित थिए । २०१३ सालमा रेडियो नेपालमा पहिलो गीत रेकर्ड गराएका उनले २०२२ देखि २०२९ सालसम्म रेडियो नेपालमा जनकवि केशरी धर्मराज थापासँग काम गरेका थिए ।

गायक जोशीका ‘रिटिङ रिटिङ नबजाउ बिनायो’, ‘वल्लो खोलो हो पल्लो खोलो कमिलाको गोलो’ ‘निगालो घारीमा च्याखुरा नाच्यो’, ‘कान्छी मट्याङमट्याङ्’ र ‘खिपीमा खिपी बिनायो बाजा’जस्ता गीतहरू चर्चित छन् ।

शुक्रबार ११ बजे झापाको कन्काई माईमा जोशीको दाहसंस्कार गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट