मौद्रिक नीति आज सार्वजनिक हुँदै-Sutra News

मौद्रिक नीति आज सार्वजनिक हुँदै

शुक्रबार, ११ साउन २०८१

शुक्रबार, ११ साउन २०८१

काठमाडाैं । चालु आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक हुँदैछ । बालुवाटारस्थित बैंककाे केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति प्रस्तुत गर्ने छन्।



केही बेरअघि बसेकाे नेपाल राष्ट्र बैंक सञ्चालक समितिकाे बैठकले मौद्रिक नीति पारित गरेको थियाे ।

मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउने उपायका साथ बैंकमा लगानीयोग्य रकम थुप्रने क्रम बढ्दै गएको सन्दर्भमा कर्जा विस्तारका साथै निर्माण क्षेत्रलाई गतिशील तुल्याउन, सेयर धितो र घरजग्गा कर्जामा केही लचिलो बन्ने लगायत उद्योग–व्यवसायमैत्री मौद्रिक नीति केन्द्रीय बैंकले सार्वजनिक गर्ने बताइएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट