कीर्तिपुर नगरपालिकाका प्रमुखको निधन-Sutra News

कीर्तिपुर नगरपालिकाका प्रमुखको निधन

शुक्रबार, ११ साउन २०८१

शुक्रबार, ११ साउन २०८१

काठमाडाैं । कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको निधन भएको छ । मिर्गौला रोगबाट पीडित नकर्मीको गए राति वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।



नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद ढकालका अनुसार उनकाे पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि केही समय नगरपालिकामा राखिने र आजै अन्त्येष्टि गरिने छ ।

नगरपालिकाले आज एक सूचना जारी गरी नकर्मीको निधनमा नगरपालिकाले शोक बिदा दिइएको जनाएको छ ।

उनी २०७९को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार भई कीर्तिपुर नगरपालिकाको मेयर निर्वाचित भएका थिए। ५९ वर्षीय नकर्मीका एक छोरा, एक छोरी र श्रीमती छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट