साताको अन्तिम कारोबार दिन घट्यो सुनको मूल्य-Sutra News

साताको अन्तिम कारोबार दिन घट्यो सुनको मूल्य

शुक्रबार, ११ साउन २०८१

शुक्रबार, ११ साउन २०८१

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । शुक्रबार सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेर एक लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भएको छ ।



नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसअघि बिहीबार छापावाला सुनको मूल्य तोलामा एक लाख ४५ हजार रहेको थियो । त्यस्तै, आज तेजावी सुनको मूल्य तोलामा एक लाख ४४ हजारमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ घटेर तोलाको एक हजार ७३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट