ग्लोबल टी २०- रोहित आबद्ध टोरन्टो विजयी हुँदा सन्दीप र दिपेन्द्र खेल्ने भ्यानलुभर पराजित-Sutra News

ग्लोबल टी २०- रोहित आबद्ध टोरन्टो विजयी हुँदा सन्दीप र दिपेन्द्र खेल्ने भ्यानलुभर पराजित

शुक्रबार, ११ साउन २०८१

शुक्रबार, ११ साउन २०८१

काठमाडौं । क्यानडामा आजदेखि सुरु भएको ग्लोबल टी २० लिगको पहिलो खेलमा नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरी आबद्ध भ्यानलुभर नाइट्सले आफ्नो पहिलो खेलमा हार बेहोरेको छ ।



शुक्रबार बिहान सम्पन्न भएको खेलमा सन्दीप र दिपेन्द्र आबद्ध रहेको भ्यानकुभर नेपाली राष्ट्रिय टिमका कप्तान रोहित पौडेल आबद्ध रहेको टोरन्टो नेशनल्ससँग आठ विकेटले पराजित भएको हो ।

खेलमा नेपाली स्टार खेलाडी सन्दीपले ब्याटिङ र बलिङ दुवैतर्फ योगदान दिए पनि रोहित र दिपेन्द्र सिंहले आफ्नो पहिलो खेल गुमएका थिए । ग्लोबल टी २० लिगका लागि रोहित र दिपेन्द्र केही दिनअगाडि क्यानडा जाने तयारी गरे पनि भिसाका कारण उनीहरू हिजो राति मात्रै क्यानडा प्रस्थान गरेका हुन् ।

दुवै खेलाडीले सामाजिक सञ्जालमार्फत टोरन्टो प्रस्थान गरेको तस्बिर पोस्ट गरेका छन् । रोहितले पहिलोपटक अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिग खेल्दा दिपेन्द्र दोस्रो सिजन खेल्दै छन् ।

ग्लोबल टी २० लिगको जारी सिजनको पहिलो खेलमा नेपाली स्टार खेलाडी सन्दीपले नौ बलमा १५ रन बनाउनुका साथै ४ ओभर बलिङ गर्दा २९ रन दिँदै एक विकेट हात पारेका थिए ।

पहिलो ब्याटिङ थालेको भ्यानकुभर नाइट्सले दिएको १११ रनको सामन्य लक्ष्य टोरन्टो नेशनल्सले १४।४ ओभरमा केवल २ विकेटको क्षतिमा पूरा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट