सेयर धितो कर्जामा लगाइएकाे २० करोडको सीमा खारेज-Sutra News

सेयर धितो कर्जामा लगाइएकाे २० करोडको सीमा खारेज

शुक्रबार, ११ साउन २०८१

शुक्रबार, ११ साउन २०८१

काठमाडौं । सेयर धितो कर्जाको २० करोड रुपैयाँको सीमा खारेज भएको छ ।



चालु आर्थिक वर्ष २०८१/०८२ को लागि मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले संस्थागत लगानीकर्ताहरुका लागि कायम राखिएको सेयर धितो कर्जाको सीमा खारेज गरिएको हो ।

यद्यपि, सेयर कर्जामा लगाइएको व्यक्तिगत कर्जाको सीमा सम्बन्धमा भने कुनै संशोधन गरिएको छैन ।

हाल सेयर कर्जामा संस्थागततर्फ २० करोडसम्म र व्यक्तिगततर्फ १५ करोडसम्मको सीमा तोकिएको छ ।

सेयर लगानीकर्ताहरुले दुवै क्याप हट्ने अपेक्षा गरेका थिए ।

सम्बन्धित समाचार

राष्ट्र बैंकले ल्यायो लचक मौद्रिक नीति [पूर्णपाठसहित]

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट