कक्षा १२ को नतिजा सर्वाजनिक गर्न तयारी-Sutra News

कक्षा १२ को नतिजा सर्वाजनिक गर्न तयारी

शुक्रबार, ११ साउन २०८१

शुक्रबार, ११ साउन २०८१

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आगामी हप्ता सार्वजनिक गर्ने भएको छ । बोर्डका अनुसार हाल म्याचिङ र प्रोसेसिङको काम भइरहेको छ ।



गत वैशाखमा मात्रै कक्षा १२ को परीक्षा सम्पन्न भएको थियो । परीक्षामा करिब पाँच लाख विद्यार्थी सहभागी थिए ।

बोर्डका अनुसार नियमिततर्फ तीन लाख ९० हजार र ग्रेडवृद्धितर्फ एक लाख ६ हजार परीक्षा दिएका थिए । परीक्षामा जापानबाट समेत विद्यार्थीहरू सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट