सुरक्षा र निमेषको ‘लाइफ ड्यामेज’ शुभमुहूर्त-Sutra News

सुरक्षा र निमेषको ‘लाइफ ड्यामेज’ शुभमुहूर्त

शुक्रबार, ११ साउन २०८१

शुक्रबार, ११ साउन २०८१

काठमाडौं । फिल्म ‘लाइफ ड्यामेज’को शुभमुहुर्त गरिएको छ।



‘फेन्टासी कमेडी ड्रामा’ श्रेणीमा बन्ने यो फिल्मलाई निमेष श्रेष्ठले निर्देशन गर्दैछन्।

शुक्रवार काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा पूजा गर्दै मुहूर्त गरिएको फिल्ममा निमेष आफैले अभिनेत्री सुरक्षा पन्तसँग स्क्रिन शेयर गर्दैछन्।

फन रिभोलुसन इन्टरटेनमेन्टको ब्यानरमा बन्ने फिल्ममा निमेष र सुरक्षासँगै ईशा थापा, सञ्जना महर्जन, अमोघ अर्याल, अनीश जङ्ग थापा, अजय पन्त, निरू खड्का लगायतको अभिनय रहनेछ।

निमेष श्रेष्ठ र ईशा थापाले लेखेको यस फिल्ममा प्रवीण खड्काको डिओपी, निमा श्रेष्ठको सम्पादन रहनेछ।

फिल्मलाई यसै वर्ष रिलिज लक्ष्य निर्माणपक्षले राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट