विमान चालक मनिष शाक्यको स्वास्थ्य अवस्थामा थप सुधार-Sutra News

विमान चालक मनिष शाक्यको स्वास्थ्य अवस्थामा थप सुधार

शुक्रबार, ११ साउन २०८१

शुक्रबार, ११ साउन २०८१

काठमाडाैं । काठमाडौँ मेडिकल कलेजमा उपचाररत रहनुभएका सौर्य एयरलाइन्सका विमान चालक मनिषरत्न शाक्यको स्वास्थ्यमा सुधार आएको छ ।



कलजेका निर्देशक प्रा डा मीना थापाले चालकको स्वास्थ्यमा सुधार आएको बताइन् । उनका अनुसार ढाडको एउटा हड्डीका साथै देव्रे पट्टीको तीनवटा करङ भाँचिएकाले पूर्णरुपमा आराममा राखिएको छ ।

“ढाडको हड्डी भाँचिएकाले हामीले पूर्णतया आराममा राखेका छौँ”, उनले भनिन्, “घर परिवारका बाहेकलाई भेटन दिएका छैनौँ ।”

यही साउन ९ गते काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्नेक्रममा सौर्य एयरको ९ एन एएमई जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा विमानमा सवार १८ जनाको निधन भएको थियो ।

उक्त दुर्घटनामा विमान चालक शाक्य गम्भीर घाइते भएका थिए । उनकाे अनुहार, आँखा, नाक तथा टाउकोमा चोट लागेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट