मृतक परिवारलाई सौर्यको सक्दो सहयोग हुने-Sutra News

मृतक परिवारलाई सौर्यको सक्दो सहयोग हुने

शुक्रबार, ११ साउन २०८१

शुक्रबार, ११ साउन २०८१

काठमाडौं । बुधबार भएको सौर्य एयरलायन्सको हवाई जहाज दुर्घटनाका मृतकलाई एयरलायन्सले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।



सौर्य एयरलाइन्स प्रा.लि.ले एक विज्ञप्ति जारी गर्दै अकल्पनीय जहाज दुर्घटनामा दिवंगत भएकोमा मर्माहत र भावविह्वल भएको उल्लेख गर्दै संस्थाले सधै जीवन्त एवं चीर स्मरणीय इतिहासको रुपमा संरक्षण गर्ने विश्वास दिलाएको छ ।

अध्यक्ष दिपक कमार पोखरेलद्वारा हस्तक्षरित विज्ञप्तिमा सौर्य एयरलाइन्सको व्यवसायिक विकास र विश्वसनियता आर्जनका लागि उनीहरुले निष्ठा पूर्वक पुर्याएको साथ, सहयोग र योगदानको उच्च कदर गर्दै पीडित परिवारजनलाई कम्पनीको तर्फबाट हुन सक्ने सम्मको सहयोग, साथ र सदभाव सधैं रहने विश्वास दिलाएको उल्लेख गरेका छन् ।

अध्यक्ष पोखरेलले प्रतिष्ठित विज्ञहरुको क्षतिको कल्पना गर्न नसकिने उल्लेख गर्दै कम्पनीले मात्रै नभई परिवार, समाज र राष्ट्रले समेत होनहार विज्ञ व्यक्तित्व गुमाउनु परेको भन्दै दुःख प्रकट गरेका छन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट