महिला एशिया कपको फाइनलमा पुग्यो भारत-Sutra News

महिला एशिया कपको फाइनलमा पुग्यो भारत

शुक्रबार, ११ साउन २०८१

शुक्रबार, ११ साउन २०८१

काठमाडौं । भारत जारी महिला एशिया कपको फाइनलमा पुगेको छ । शुक्रबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा भारतले बंगलादेशलाई १० विकेटले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो ।



बंगलादेशले दिएको ८१ रनको लक्ष्य पछ्याएको भारतले ११ ओभरमा कुनै विकेट नगुमाएर लक्ष्य पूरा गरेको थियो । यसअघि टस जितेर पहिला ब्याटिङ्ग गरेको बंगलादेशले २० ओभरमा चार विकेट गुमाउँदै ८० रन बनाएको थियो ।

अब भारतले उपाधिका लागि दोस्रो सेमिफाइनलका पाकिस्तान र श्रीलंकाबीचको विजेतासँग आइतबार खेल्ने तालिका रहेको छ । दोस्रो सेमिफाइनल खेल आज हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट