सौर्य विमान दुर्घटना- चार वटा शव परिवारले बुझे-Sutra News

सौर्य विमान दुर्घटना- चार वटा शव परिवारले बुझे

शुक्रबार, ११ साउन २०८१

शुक्रबार, ११ साउन २०८१

काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएका आफन्तले शव बुझ्न थालेका छन् । विमान दुर्घटनामा ज्यान गुमाएकामध्ये चार वटा शव परिवारले बुझेका छन् ।



त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरेसँगै परिवार शव बुझेका हुन् । केही परिवारले भने माग पूरा नहुँदासम्म शव नबुझ्ने बताएका छन् ।

बीमा, क्षतिपूर्ति लगायतका विषय सरकार र विमान कम्पनीले प्रष्ट पारेपछि मात्र शव बुझ्ने उनीहरूको भनाइ छ । बुधबार सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा १८ जनाले ज्यान गुमाएका थिए ।

घटनामा पाइलटको सकुशल उद्धार गरिएको थियो । पाइलट मनिषरत्न शाक्यको केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट