भारतमा बन्धक बनाइएका २८ मजदुरको उद्धार, प्रधानमन्त्रीले दिए सचिवलाई धन्यवाद-Sutra News

भारतमा बन्धक बनाइएका २८ मजदुरको उद्धार, प्रधानमन्त्रीले दिए सचिवलाई धन्यवाद

शुक्रबार, ११ साउन २०८१

शुक्रबार, ११ साउन २०८१

काठमाडौं । भारतमा बन्धक बनाइएका २८ मजदुरको उद्धार भएको छ । योसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव दिनेश भट्टराईलाई धन्यवाद दिएका छन् ।



प्रधानमन्त्री ओलीका अनुसार रोजगारीको प्रलोभनमा बेचबिखन गरी कश्मिरको श्रीनगरमा पाँच महिनादेखि बन्धक बनाइएका २८ जना नेपालीलाई मन्त्रालयको टोलीले उद्धार गरी नेपाल फर्काएको हो ।

सिराहाका २१ जना र धनुषाका ७ जना मजदुरलाई आजै जिल्ला मानव बेचबिखन नियन्त्रण समितिको जिम्मा लगाइएको प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

उनले सफलताका लागि महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव दिनेश भट्टराई सहित टोलीलाई धन्यवादसमेत दिएका छन् ।

‘रोजगारीको प्रलोभनमा बेचबिखन गरी कश्मिरको श्रीनगरमा ५ महिनादेखि बन्धक बनाइएका २८ जना नेपाली मजदुरहरुलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको टोलीले उद्धार गरी नेपाल फर्काएको छ, सिराहाका २१ जना र धनुषाका ७ जना मजदुरलाई आजै जिल्ला मानव बेचबिखन नियन्त्रण समितिको जिम्मा लगाइएको छ,’ ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘उद्धारका लागि मन्त्रालयका सचिव दिनेश भट्टराई नेतृत्वको हाम्रो टोली सक्रिय थियो, मानव वेचविखन नियन्त्रण समितिले आजै सबैलाई घरघर पठाउने छ, उद्धार कार्यको सफलताका लागि मन्त्रालयका सचिव दिनेश भट्टराई सहित टोलीलाई धन्यवाद ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट