सहकारी ठगीबारे छानबिन समितिले गृह मन्त्रालयसँग छलफल गर्ने-Sutra News

सहकारी ठगीबारे छानबिन समितिले गृह मन्त्रालयसँग छलफल गर्ने

शुक्रबार, ११ साउन २०८१

शुक्रबार, ११ साउन २०८१

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले गृह मन्त्रालयसँग छलफल गर्ने भएको छ ।



सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले आगामी बैठकमा गृहमन्त्री र मन्त्रालयका अन्य अधिकारीसँग छलफल गर्ने निर्णय गरेको हो ।

सहकारी ठगी प्रकरणमा जोडिएर देश बाहिर रहेकालाई स्वदेश फर्काउन भइरहेका पहलबारे गृह मन्त्रालयसँग छलफल गर्न लागिएको समिति संयोजक सूर्य थापाले जानकारी दिए ।

शुक्रबारको बैठकमा समितिले तीन जना पूर्व अर्थमन्त्रीहरुसँग छलफल गरेको थियो । यस क्रममा उनीहरुले सहकारीमा देखिएको समस्या र समाधानका सुझाव दिएको समिति संयोजक थापाले बताए ।

संयोजक थापाले सहकारी ठगी प्रकरणका विषयमा कुनै जानकारी भए समितिमा अवगत गराउन पनि आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट