सर्लाहीमा दुई जना नक्कली नोटसहित पक्राउ-Sutra News

सर्लाहीमा दुई जना नक्कली नोटसहित पक्राउ

शुक्रबार, ११ साउन २०८१

शुक्रबार, ११ साउन २०८१

काठमाडौं । रौतहटमा नेपाली हजारको नक्कली नोटसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोडैता नगरपालिका ८ का ३२ वर्षीय नजरे आलम र सोही ठाउँका २४ वर्षीय इमामुल हक दर्जी रहेका छन् ।



पक्राउ परेकाहरुको साथबाट नेपाली एक हजारको १३ थान नक्कली नोट बरामद गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताइन् ।

नक्कली नोटको ओसार पसार भइरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय चन्द्रपुरबाट गएको टोलीले गौर चन्दरनिगाहपुर सडक खण्डअन्तर्गत बालचनपुर चौकस्थित राकुमार महतोको महावीर आयल स्टोर्स पेट्रोल पम्प अगाडिबाट बागमती प्रदेश ०२–०२१ प ६३६८ नम्बरको मोटरसाइकलसहित उनीहरुलाई पक्राउ गरेको थियो ।

खान तलासीको क्रममा इमामुल हक दर्जीले मोटरसाइकलको सीट कभर मुनी लुकाएको नक्कली नोट प्रहरीले बरामद गरेको थियो ।

आरोपी दुवै जना इलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरको नियन्त्रणमा रहेको तथा नक्कली नोटबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कर्यालय रौतहटको सूचनामा उल्लेख गरिएको  छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट