दर्शकको नजरमा परेका आँचल र विवेक-Sutra News

दर्शकको नजरमा परेका आँचल र विवेक

शुक्रबार, ११ साउन २०८१

शुक्रबार, ११ साउन २०८१

काठमाडौं ।  मिलन चाम्सको निर्देशनमा तयार भएको फिल्म ‘वर एण्ड बधु’ भदौको १४ गतेबाट रिलिजमा आउँदैछ । चार दिन अघि यो फिल्मको पहिलो गीत ‘तिमी सँग’ केही दिन अगाडि सार्वजनिक गरिएको थियो ।



नायिका आँचल शर्मा र नव-नायक विवेक कर्माचार्य मुख्य भूमिकामा रहेको सार्वजनिक गीतले हाल सम्म ७ लाख ३८ हजार भन्दा बढी भ्यूज युट्युबमा बटुलेको छ । अर्जुन पोखरेलको संगीत, प्रदाप दास र अन्जु पन्तको स्वर रहेको यो गीतमा लेखु सहयात्रीको शब्द छ ।

सार्वजनिक गीतलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् । अधिकांश दर्शकले गीत निकै मिठो रहेको प्रतिक्रिया दिएका छन् । यस्तै, नायिका आँचल शर्मा र नव–नायक विवेक कर्माचार्यको पनि दर्शकले तारिफ गरेका छन् ।

फिल्म ‘वर एण्ड बधु’ हेर्न उत्साहित भएको पनि दर्शकको प्रतिक्रिया छ । फिल्मका निर्देशक चाम्स आफूलाई यस्तो खालका फिल्म बनाउन मन पर्ने बताउँछन् । आफूले ‘लिलिबिली’पछि अर्को रोमान्टिक कमेडी फिल्म बनाएको उनको भनाई छ ।

यो गीतको युट्युबको ट्रेन्डिङमा समेत आएको छ । गीतले दर्शकको साथ पाउन थालेपछि आँचल उत्साहित देखिएकी छिन् ।
यो फिल्मले विगत केही सातादेखि सुस्ताएको नेपाली फिल्म क्षेत्रलाई उकास्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट