आज साउन १२ गते शनिबार तपाईंको दिन कस्तो, राशिफलमा के छ ?-Sutra News

आज साउन १२ गते शनिबार तपाईंको दिन कस्तो, राशिफलमा के छ ?

शनिबार, १२ साउन २०८१

शनिबार, १२ साउन २०८१

आज मिति २०८१ साउन १२ गते शनिबार । सन् २०२४ जुलाई २७ तारिख । नेपाल सम्बत ११४४ दिल्लागा सप्तमी तिथि । आज नेपालमा सूर्योदय बिहान ५ बजेर २४ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ५६ मिनेटमा हुनेछ । अब सुरु गरौँ राशिफलः



मेष

कर्मबलका साथै भाग्यबल बढ्नेछ । घरपरिवार एवम् मित्रजनबाट सुख शान्ति पाइने दिन छ । अचानक धनार्जन हुन सक्छ । लामो यात्राको प्रक्रिया अघि बढ्ने योग छ । मिठो भोजन प्राप्त हुनेछ । अनुकूलता वृद्धि भइ रोकिएको काममा सफलता मिल्नेछ । मित्रजनको सहयोग प्राप्त होला ।

बृष

बौद्धिक र रचनात्मक काममा सफलता मिल्ने एवम् पारिवारिक समस्याको समाधान हुने समय छ । साहस बढ्नेछ र यात्रापरक काम पनि सफल होला । तर नसोचेको ठाउमा खर्च हुन सक्छ भने व्यर्थको खर्चले मन पिरोल्ला । आफन्तजनको साथ मिल्नेछ । समष्टिमा दिन ठिकै छ ।

मिथुन

प्रियजनसँगको भेटले मन प्रफुल्ल रहने समय छ । खासगरी उत्तरार्धदेखि शुभता बढ्नेछ भने पराक्रम वृद्धि होला । शत्रुपक्ष परास्त हुनेछ । समस्याको समाधान प्राप्त हुनेछ । यात्रागत कार्य सम्पन्न हुने योग छ । आफन्तमिलनले सुख दिनेछ ।

कर्कट

दौडधुप भएपनि कामका नयाँ योजना बन्ने समय छ । आर्यआर्जनका साथै बचत हुने सम्भावना छ भने सार्वजनिक काममा आकर्षण रहला । मान, महत्व र आरोग्यता वृद्धि होला । मिठो भोजन प्राप्त हुनेछ । कर्मबल बढ्नेछ । साथीभाइको सहयोग प्राप्त हुनुका साथै विरोधपक्ष परास्त हुनेछ । रसरागमा आकर्षण रहला ।

सिंह

प्रेमभाव बढ्ने दिन छ । धनआर्जनको सम्भावनाका साथै मिठो भोजन प्राप्त होला । रसरागमा आकर्षण रहनेछ । नयाँ कामको योजना बन्ने योग छ । रमाइलो तरिकाले काम गर्न पाइएला । बौद्धिक तथा रचनात्मक काममा विशेष सफलता मिल्नेछ । पारिवारिक सुखशान्ति रहनेछ ।

कन्या

आजको दिन केही चुनौती बढ्ने देखिन्छ । वादविवादको सामना गर्नु पर्ला । आजका योजना पूर्ण कार्यान्वयन नहुन सक्छन् । चोटपटकको सम्भावना रहेकोले जोगिन विशेष सचेतना अपनाउनु हितकर हुनेछ । उत्तरार्धदेखि भने शुभता बढ्नेछ । साथीभाइको सहयोग प्राप्त हुनेछ । कार्यगति बढ्नेछ ।

तुला

स्वास्थ्य सवल रहने तथा काममा जाँगर बढ्ने समय भएपनि जागिरको काममा केही डर हुनेछ । आर्थिकलाभको योग छ । धन मान महत्व बढ्नेछन् । मिठो भोजन प्राप्त हुनेछ । वर्चश्व बढ्नेछ । साहसिक काममा आकर्षण रहला । कामको सिलसिलामा यात्रा पनि हुन सक्छ ।

बृश्चिक

आजको दिन मनोरञ्जनपूर्ण रहला । कामबाट फुर्सद पाइनेछ भने मनमा प्रसन्नता मिल्नेछ । पराक्रम वृद्धि होला । परिवारिक सुख बढ्ने र रोकिएको काम बन्ने योग छ । बौद्धिक र रचनात्मक कार्यमा सफलता प्राप्त हुनेछ । सुख–सुविधाको वस्तुमा खर्च हुन सक्छ । शत्रुपक्ष परास्त हुनेछ ।

धनु

आरोग्यता रहनेछ भने मिठो भोजन प्राप्त हुनेछ । रसरागको भाव वृद्धि होला । बौद्धिक र रचनात्मक काम बन्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला । अप्रत्याशित रूपले लाभ हुने योग छ । काममा मन जानेछ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ ।

मकर

अनावश्यक झमेलामा पर्ने एवम् केही हानीसमेत हुन सक्ने समय छ । पीडा दिएर सताउन खोज्नेहरू सक्रिय रहलान् । स्वास्थ्यको विशेष ख्याल गर्नु हितकर होला । प्रतिकुलताको अनुभूति भएपनि कर्मबल र साहस भने बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । नियमकानूनले साथ दिनेछ । दायित्व पूरा गर्न सकिनेछ ।

कुम्भ

दिन शुभदायी छ । धन आर्जनको दृष्टिले पनि राम्रो समय छ । मान्यजनसँगको भेटले उत्साह जागृत गराउला । कसैबाट समर्थन मिल्ने योग छ । मिठो भोजन प्राप्त हुनेछ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नुका साथै बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ ।

मीन

आर्थिक क्षेत्रमा उन्नति हुने समय छ । नसोचेको ठाउँबाट धनलाभ भइ मन हर्षित होला । राम्रो कमाइका कारण सुख मिल्नेछ । आफन्तको साथ मिल्नेछ । लेखन प्रकाशनसित सम्बन्धित काममा सफलता मिल्नेछ । वार्ता सफल हुनेछ । सुख–विलासमा मन जाला । जस्तोसुकै समस्याको समाधान मिल्ने योग छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट