विमान दुर्घटनामा ११ मृतकका परिवारले बुझे शव-Sutra News

विमान दुर्घटनामा ११ मृतकका परिवारले बुझे शव

शनिबार, १२ साउन २०८१

शनिबार, १२ साउन २०८१

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान दुर्घटनामा निधन भएका ११ जनाको शव परिवारले बुझेका छन् । त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमपछि ११ जनाको शव आफन्तले बुझेका हुन् ।



अस्पताल प्रशानसका अनुसार दुर्घटनामा मृत्यु भएका एकै परिवारका तीन जना जनाको शव पनि परिवारले बुझेर लिएर गएका छन् । केही शव आफन्त विदेशबाट आउनु पर्ने भएकाले ढिला हुने अस्पतालले जनाएको छ ।

विदेशी नागरिकको शव भने प्रक्रिया पूरा गर्नु पर्ने भएकाले थप केही दिन लाग्ने भएको छ । बुधबार पोखरा जानका लागि उडेको सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा १८ जनको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट