दुई हप्तामा ‘घरज्वाइँ’को ४ करोड ६३ लाख ग्रस-Sutra News

दुई हप्तामा ‘घरज्वाइँ’को ४ करोड ६३ लाख ग्रस

शनिबार, १२ साउन २०८१

शनिबार, १२ साउन २०८१

काठमाडौं । गत असार २८ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘घरज्वाइँ’ले हिजो शुक्रबारबाट तेस्रो सातामा प्रवेश गरेको छ ।



अनिल बुढा मगर निर्देशित यो फिल्मले सुरुवाती दिन देखिनै बक्सअफिसमा उत्साहजनक रूपमा व्यापार गरिरहेको छ ।

शुक्रबारबाट तेस्रो सातामा प्रवेश गरेको निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै दुई हप्ताको बक्सअफिस कलेक्सन सार्वजनिक गरेका छन् ।

जिएम मूभीज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो फिल्मले दुई हप्तामा ४ करोड ६३ लाख रुपैयाँ फिल्मले ग्रसकलेक्सन गरेको छ ।

यस अघि निर्माण टिमले रिलिजको दुई दिनमा १ करोड ५१ लख ग्रसकलेक्सन गरेको रिपोर्ट सार्वजनिक गरेका थिए । १२ दिनमा ३ करोड १२ लाख ग्रस कलेक्सन गरेको निर्माता जनक घर्ती मगरले बताएका थिए ।

फिल्मको कथा पनि निर्देशक अनिल स्वयंले लेखेका हुन् । पटकथा तथा संवाद लेखनमा भने उनलाई विनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन् ।

फिल्ममा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरको अभिनय छ ।

पूर्वी रुकुम आसपासमा छायांकन गरिएको फिल्मलाई सुसन प्रजापतिले खिचेका हुन् । फिल्मको कथा निर्देशक अनिल आफैँले लेखेका हुन् । पटकथा तथा संवाद लेखनमा भने उनलाई विनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन् । यो फिल्ममा हर्क साउद र मनोज थापाको संगीत, र कृष्ण भन्डारीको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट