त्रिशूलीमा बेपत्ता दुई बस र यात्रुको खोजी गर्न ४० किलोको चुम्बक प्रयोग हुँदै-Sutra News

त्रिशूलीमा बेपत्ता दुई बस र यात्रुको खोजी गर्न ४० किलोको चुम्बक प्रयोग हुँदै

शनिबार, १२ साउन २०८१

शनिबार, १२ साउन २०८१

काठमाडौं । नारायणगढ-मुग्लिन सडकअन्तर्गत भरतपुर महानगर २९ को सिमलतालमा लेदोसहित त्रिशूली खसेको दुई बस यात्रुको खोजी कार्य जारी छ ।



नदीमा खसेका दुई बस बेपत्ता भएको १६ औँ दिन पूरा भएको छ । पछिल्लो समय भारतीय टोलीले समेत खोजी कार्य गरिरहेको छ । हालसम्म २४ जना यात्रुको शव फेला परेको छ । तीमध्ये १९ जनाको मात्रै सनाखत भएको छ ।

नेपालको सुरक्षाकर्मीसहित भारतको ‘राष्ट्रिय आपदा मोचन बल–नेसनल डिजास्टर रेस्पोन्स फोर्स’बाट १२ जनाको प्राविधिक टोलीद्वारा संयुक्त खोज गरे पनि अहिलेसम्म फेला पार्न सकेको छैनन् ।

बस खोज्नका लागि भारतीय टोलीले ४० किलोको चुम्बक मगाएको छ । उक्त म्याग्नेटिक डिभाइसको प्रयोग गरी आज बिहान साढे ९ बजेदेखि बेपत्ता बसको खोजी गर्ने तयारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट