क्लबको समाजसेवा कार्यमा महत्वपूर्ण योगदान छ- मुख्यमन्त्री कार्की-Sutra News

क्लबको समाजसेवा कार्यमा महत्वपूर्ण योगदान छ- मुख्यमन्त्री कार्की

शनिबार, १२ साउन २०८१

शनिबार, १२ साउन २०८१

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लायन्स क्लबहरुले समाजसेवामा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् ।



लायन्स क्लव विराटनगर सेन्टरको शनिबार आयोजित पदस्थापना समारोहको उद्घाटन गर्दै उनले क्लबले युवाहरुको माध्यमबाट समाजमा रहेका विकृति ,विसंगति र अन्धविश्वास प्रथालाई अन्त्य गर्नु पर्नेमा जोड दिए ।

मुख्यमन्त्री कार्कीले ‘राष्ट्रिय सार्वभौम, नेपाल र नेपाली जनतालाई शिरमा राखी क्लवले गर्ने सामाजिक कार्यमा आगामी दिनमा थप मिलोस भन्ने शुभकामना दिए । उनले समाजमा लागु पदार्थ दुव्र्यसनको विकराल समस्या भएकोमा चिन्ता व्यक्त्त गर्दै यस कार्यबाट उनीहरुलाई मुक्त गर्न क्लबले काम गर्नु पर्ने बताए ।

मुख्यमन्त्री कार्कीले मानव समुदायलाई सुसंस्कृत, अनुशसित एवं सुयोग्य पात्र बनाउने भूमिकामा हामीसबै लाग्नु पर्नेमा जोड दिए । उनले भने, ‘हरेक मानिसलाई आफ्नो, परिवार, समाज र राष्ट्रका लागि योगदान दिनु पर्छ भन्ने दायित्व बुझाउनु  आवश्यक रहेको छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट