अघिल्लो साताको तुलनामा सुनको मूल्यमा भारी गिरावट, कति पुग्यो मूल्य ?-Sutra News

अघिल्लो साताको तुलनामा सुनको मूल्यमा भारी गिरावट, कति पुग्यो मूल्य ?

शनिबार, १२ साउन २०८१

शनिबार, १२ साउन २०८१

काठमाडौं । गत साताको शुक्रबार प्रतितोला एक लाख ४७ हजार ५०० रुपैयाँमा कारोबार छापावाला सुनको मूल्य यो साता दुई हजार ८०० रुपैयाँले गिरावट भएको हो ।



नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार यो साताको शुक्रबार छापावाला सुनको मूल्यमा गिरावट आउँदै प्रतितोला एक लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भएको हो । गत साताको शुक्रबार प्रतितोला एक लाख ४७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, यो शुक्रबार तेजाबी सुनको मूल्य एक लाख ४४ हजार रुपैयाँमा कारोबार हुँदा अघिल्लो साता एक लाख ४६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार यो शुक्रबार चाँदीको मूल्यमा पनि भारी गिरावट आएको छ । गत साताको शुक्रबार एक हजार ८३० रुपैयाँमा कारोबार भएको थियो । यो साताको शुक्रबार एक हजार ७३० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट