प्रदर्शनको दुई दिनमै हलबाट उत्रियो ‘ईश्वर’-Sutra News

प्रदर्शनको दुई दिनमै हलबाट उत्रियो ‘ईश्वर’

शनिबार, १२ साउन २०८१

शनिबार, १२ साउन २०८१

काठमाडौं । हिजो शुक्रबारबाट दुई नयाँ नेपाली फिल्म ‘ईश्वर’ र ‘ब्ल्याक छाया’ प्रदर्शनमा आए । यी फिल्मले व्यावसायिक प्रदर्शन सुरु गरे तर दर्शकका लागि गन्तीमै परेनन् ।



जसमा प्रचार प्रसारबिना रिलिज भएको आरएल लामा मोक्तान निर्देशित फिल्म ‘ब्ल्याक छाया’ले मल्टीप्लेक्समा शो नै पाएन भने राजु गिरीले निर्देशन गरेको ‘ईश्वर’ले मल्टीप्लेक्स हलहरुमा न्यून शोज पाएको थियो।

मल्टीप्लेक्सहरुमा न्यून शोज पाएको ‘ईश्वर’ रिलिज भएकै दिन फिल्म हेर्ने दर्शक नभएर धेरै जसो हलका शो रद्द भएका थिए । जसको कारण केही फिल्महलले यसलाई दुई दिनमै उत्रारिदिएका छन् ।

फिल्म ‘ईश्वर’ले अन्तर जातीय प्रेम सम्बन्धको आयामलाई मियो बनाएर कथावाचन गरिएको छ । फिल्ममा अनु शाह, पृथ्वीराज प्रसाईं, सुनिल थापा, शिशिर वाङ्गदेल, माओत्से गुरुङ, रविन्द्र झा, बुद्धि तामाङ, ध्रुव थापा, कृष्टि गुरुङ, सुविन बाँस्तोला, युवराज गिरीलगायतको अभिनय छ ।

फिल्मका मुख्य पात्र अभिनेत्री अनु शाह र अभिनेता पृथ्वीराज प्रसाईंले यही फिल्मबाट पाँच वर्षपछि अभिनयमा कम ब्याक गरेको हुन् ।

यता, प्रदशनकै दिन शुक्रबार राजधानीका विभिन्न हलमा रिपोटिङको लागि सुत्र न्युजको टिम पुग्दा दर्शक नै थिएनन् । वान सिनेमाज, आइ एन आइ र विग मूभिजमा जाँदा केही मात्रामा दर्शक त थिए । तर, ती दर्शकहरू हिन्दी फिल्म ‘ब्याड न्युज’ र दयाहाङ राई  र मिरुना मगर अभिनीत फिल्म ‘घरज्वाइँ’ हेर्न पुगेका देखिन्थे ‘ईश्वर’ र ‘ब्ल्याक छाया’ हेर्ने एकाद पनि थिएनन् ।

अझ ‘ब्ल्याक छाया’लाई त तीन वटै हलले एक शो पनि नदिइएको देखिन्थ्यो । ‘ईश्वर’ले भने जसोतसो एक शो पाएको पाएको थियो । तर, त्यही एक शोमा पनि दर्शकको खडेरी नै लागेको थियो ।

वान सिनेमाजका कर्मचारीसँग कुरा गर्दा फिल्म ‘ईश्वर’लाई एक शो दिइएको तर त्यो एक शोमा एक जना पनि दर्शक नआएपछि फिल्म नै नलगाएको बताए । यता दोसो दिन आज शनिबारको लागि पनि कुनै टिकट बुक नभएकाले फिल्म हलबाट उत्रिन सक्ने उनीहरूले सङ्केत गरेका थिए ।

बानेश्वरमै रहेको अर्को हल आइएनआइमा पनि फिल्म ‘ईश्वर’को हालत उस्तै नै देखियो । जम्मा एक शो दिँदा पनि दर्शकहरूले टिकट नकाटेपछि शो नै क्यान्सिल भएको उक्त हलका कर्मचारीले बताए ।

कम्तीमा पनि ६ जना दर्शक भएर मात्र फिल्म चलाउन सकिने बताएका हलहरुले शनिबार दर्शक आउने आशा राखेका हलवालाहरूले दर्शक फिल्म हेर्न नपुगेपछि फिल्म हलबाट नै उतार्ने अवस्थामा पुगे। त्यही अनुसार दर्शकनै नभएका कारण आजबाट वान सिनेमाज, विग मूभिज लगाएतका अन्य केही हलले फिल्म ‘ईश्वर’लाई दुई दिनमै उत्रारिदिएका छन् ।

शनिबार बिदाको दिन भए पनि दर्शको संख्या नहुँदा धेरै जसो शोहरू रद्द भएका थिए । यता देशकै सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले काठमाडौं उपत्यकामा आइतबारका लागि कुनै पनि शो दिएको छैन । देशभरिको शो संख्या हेर्दा सीमित मात्रै शोहरू मात्रै देखिएका छन् ।

प्रमोसन नहुँदा व्यवसायिक रुपमा असर पर्छ । प्रचार प्रसार भयो त्यति फिल्मप्रति दर्शले चासो देखाउँछन् । यस कुरामा निर्माताले ध्यान दिएनन् । त्यहीअनुरुप धेरै जसो हलले सीमित शोमा राखिदिए । यसरी बिना प्रचार हलमा फिल्म लगाउँदा दर्शकले फिल्म चलेको थाहा नपाउने स्थिति हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट